परिचय

१.१ सिन्धुलीको परिचय
सिन्धुली जिल्लाको बन जंगलको बर्तमान अबस्था हेर्दा राणाकाल पुर्व निकै घना भएको सहजै अनुमान गर्न सकिन्छ । त्यस समयमा सिन्धुलीको जनसंख्या ज्यादै न्यून रहेको थियो । यस जिल्लाको कमला तथा मरीण क्षेत्रमा “दुनुबार तथा मामmी” जनजातिहरु तथा पहाडी भागमा बाहुन क्षेत्रीहरु बसोवास गर्दथे । यिनीहरु कमला तथा मरीण क्षेत्रको भित्री मधेशमा कहाँवाट कसरीआए भन्ने सन्दर्भमा विभिन्न समाजशास्त्री तथा मानवशास्त्री ९क्यअष्ययिनष्कत बलम ब्लतजचयउययिनष्कत० हरुको विभिन्न मत र विचारहरु रहेको पाइन्छ । वि.सं. २००७ सालमा राणाकालको अन्त तथा प्रजातन्त्रको उदयपछि यस सिन्धुली जिल्लाको मरीण तथा कमला फाँटमा रहेको उर्वर कृषिभूमि, तथा भित्री मधेश र तराई क्षेत्रमा व्यापारको खोजिमा काभ्रे, रामेछाप, सोलु, दोलखा, ओखलढुंगा लगायत बिभिन्न जिल्लावाट वसाई सराई गरेर आउने क्रम बढेको बुमिmन्छ । जनसंख्याको बृद्धि संगै उनीहरुको गाँसवास र वन पैदावारको आवश्यकतामा वृद्धि हुँन थाल्यो र कृषिका निम्ति वन विनासले पनि गति लियो ।
वन ऐन तथा नियमको कार्यान्वयन गराउने निकायको अभावमा वन संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने र वन विनास रोकथाम गर्ने काम आवश्यकता बमोजिम सरकारले गर्न सकेन तथा २०२० साल तिर बिभिन्न बैदेशिक सरकारको सहयोगमा नेपालमा औलो ९ःबबिचष्ब० नियन्त्रण भएपछि देशको विभिन्न भागवाट यस जिल्लामा वसाई सरेर आउनेहरुको जनसंख्यामा अत्याधिक वृद्धि हुँदै गयो । फितलो बन प्रसाशन, न्यून कानूनी कारबाही तथा बिभिन्न निकायहरुबाट बिभिन्न प्रयोजनको लागि जग्गा दर्तागर्ने ब्यवस्थाको कारणले वन फाडेर अतिक्रमण गरी वस्नेहरुको संख्यामा वृद्धि हुँदै गयो । वेला मौकामा हुने प्राकृतिक विपदा तथा राजनैतिक उथल पुथलको बेलामा वन फाँडेर वस्ती बसाउने कार्यमा तात्कालिन राजनैतिक ब्यवस्थाको कारण समेत बनजंगल फडानीमा तिव्रता आयो । वि.सं.२०३६ को जनमत सग्रहको बेलामा बन क्षेत्रको फडानी तथा दुरुपयोग, २०४६ सालको बहुदलीय जनआन्दोलन र २०५४ साल देखि २०६३ साल सम्मको दश वर्षे माओवादी द्धन्दको समयमा फिल्ड स्तरमा बनक्षेत्रमा कार्यरत कर्मचारीहरु फिल्डमा नभएको बेलामा सुकुम्वासीको नाउँमा बिभिन्न ब्यक्तिहरुद्धारा वन अतिक्रमण गरी बस्ने अवसर पाएको देखिन्छ ।

District Office Sindhuli © 2016